nachhutine jodi

मानिसहरू आफ्नो पार्टनरसँग प्रेम बढाउन र उनीहरूको आफूप्रतिको प्रेम जाँच्न अनेक तरिका अपनाउँछन् । तपाईंलाई पनि यस्तो तरिका जान्न मन छ भने राशि चक्र प्रेम जाँच्ने सबभन्दा राम्रो तरिका हो । राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ ।

सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् । तर तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन् । तुला राशि भएका मानिसको पार्टनर सिंह राशिको हो भने उनीहरूले राम्रो साथी र रक्षक प्राप्त गर्छन् । यसका साथै आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्छन् ।

यी दुई राशि भएका पार्टनर एकअर्काभन्दा फरक हुन्छन् । कन्या राशिका मानिस आफ्नो पार्टनरबाट जेपनि दुईगुणा पाइने अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालिराख्नमा विश्वास गर्छन् । तर यसको बाबजुद उनीहरू परफेक्ट पार्टनर हुन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम मजबुत हुन्छ ।
सिंह र तुला कन्या र कुम्भसाभारः लोकान्तर
यो पनि पढ्नुसः यसरी थाहा हुुन्छ मानिसको भाग्य र उमेर

हस्त रेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको बारेमा हरेक कुरा भन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको भनाइ छ ।

के हो त मणिबन्ध रेखा ?हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।

कुन मणिबन्द रेखाको अर्थ के ?यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।

१ मणिबन्ध रेखाःयदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।

उमेर मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।

यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।

भाग्य गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारि र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।

मणिबन्धमा ३ रेखाःभाग्य यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् । यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।

उमेर मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।

मणिबन्धमा २ रेखाःभाग्य मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नु पर्छ ।

उमेरःयस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।-internet khabar