काठमाडाैँ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिस बहुमतले अस्वीकृत गरेपछि पहिलाे पटक मुख खाेलेका छन्।

स्वयम सत्तारुढ दलका प्रधानमन्त्री केपी अाेली नै संवैधानिक परिषद्काे नेतृत्व गरेर सिफारिस गरेपछि पछि सिफारिस बहुमतले अस्वीकृत भएपछि जाेशी वर्तमान सरकारमाथि खराे बाेलेका छन्। लामो हानाथाप र बादविवादकाबीच शुक्रबार बसेको संसदीय सुनुवाई समितिको बैठकले जोशीकाे प्रधानन्याधीश बन्ने सबैबाटाे बन्द गरिदिएकाे छ।

धेरैले जोशीको नाम अनुमोदन नहुने भएकाले यसअगावै उनको राजीनामा आउने अपेक्षा गरेका थिए । कतिपयले जोशीलाई राजीनामा दिएर सहज वातावरण बनाउन सुझाव समेत दिएका थिए । तर, जोशीले यस्तो सुझाव स्वीकार गरेका थिएनन्

काङ्ग्रेसको साथ पाएपछी जोशीले संसदीय सुनुवाइमार्फत शुक्रबार उनको विपक्षमा निर्णय सार्वजनिक भैसकेपछि जाेशीलार्इ अब तपाईंको कदम के हुनसक्छ गरिएकाे प्रश्नमा उनी सरकार विरुद्ध खराे बाेली बाेलेका हुन्। उनले जवाफमा संसदीय समितिको रवैया र निर्णय प्रक्रियाप्रति गम्भिर आरोप लगाएका छन् । उनले थप्दै ‘सुनको भाडोले सत्यको मुख छोप्यो’ भन्ने जवाफ पनि दिए ।

कानुनका जानकारहरु संसदीय सुनवार्इकाे निर्णयले न्यायालयमा समेत राजनीति हावी भएकाे संकेत दिएकाे छ।