काठमाडाैं । नेपाल-भारत सीमा अन्तरगत कपिलवस्तु नाकामा अवैध रुपमा सामान चोरी पैठारी हुने गरेको पाइएको छ ।

रातको समयमा विभिन्न सामानको अवैध निकासीमा दलालहरु सक्रिय हुँदा यता कपिलवस्तु परहरी प्रमुक एसपी मनोज कुमार यादव भने नदेखे झै गरेर सुत्ने गरेको तथ्य फेला परेको छ ।

चर्चित पत्रकार रवि लामिछानेले न्युज २४ च्यानलका लागि तयार पारेको टेलिभिजन कार्यक्रममा सीमा नाकामा हुने अवैध निकासीको पर्दा खुल्न आएको छ । लामिछानेको टिमले चालेको ‘स्टिङ अपरेसन’को क्रममा यस्तो तथ्य फेला परेको हो । सीमा नाकामा बोरामा लोड गरिएको अवस्थामा खाद्यवस्तु देखि अन्य सामान नेपालमा पैठारी हुदैँ आएको छ ।

तर, स्थानीय जनप्रतिनीधिमाथि कडा कुरा गर्दै झुठ्ठा मुद्धा लगाउन पछि नपर्ने प्रहरी प्रमुख यादव भने अवैध सामान चोरी निकासीका लागि भने कुनै कदम चाल्ने मुडमा नदेखिएको स्रोतले जनाएको छ । लामिछानेको टिमले प्रहरीसंग सम्पर्क गरेर यथार्थ बुझ्न खोज्दा समेत जिल्ला प्रहरी प्रवक्ताको फोन स्विच्ड अफ रहेको जनाएका छन् ।

यसरी हुने अवैध निकासीबाट नेपालले करोडाैं राजस्व गुमाउनु परेको छ भने नेपाल सरकारको तलव खाएर तस्करीलाई साथ दिँदै आएका एसपीलाई कारवाही होला त ? अहिले चासोको विषय बन्न पुगेको छ ।

हेर्नुहोस् भिडियोसहितः