विमान भित्रै निर्वस्त्र भएर हस्तमैथुन गरेको आरोपमा एक जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाए अनुसार मालिण्डो एयरबाट मलेसियाको क्वालालम्पुरबाट बङ्गलादेशको ढाकाको यात्रामा रहेका ती व्यक्ति विमानमा आफ्नो ल्यापटपमा अश्लिल चलचित्र हेर्दै निर्वस्त्र भए।

उनी त्यतिमा रोकिएनन् र निर्वस्त्र अवस्थामै विमानकी परिचालिकालाई अङ्गालो मार्न खोजे र आक्रमणको प्रयास समेत गरे। समाचारका अनुसार मलेसियन युनिभर्सिटीमा अध्ययनरत ती २० वर्षीय छात्रले शौच पनि आफू बसेकै सिटमै गरेको थिए।

मलेसियाको क्वालालम्पुरबाट बङ्गलादेशको ढाकाका लागि भएको उडानमा भएको उक्त घटनामा पक्राउ परेका व्यक्तिलाई ढाकामै प्रहरीको जिम्मा लगाइएको छ। उनलाई विमानका अरु कर्मचारीहरूको मद्दतले हात बाँधेर नियन्त्रणमा लिइएको थियो ।