काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूले काभ्रेकी सांसद नवीना लामा लगायतको समूहले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तीका लागि बुझाएको ज्ञापन–पत्र सांगठनिक नभई व्यक्तिगत ‘इगो’ मात्र भएको देखिएको छ ।

अनेरास्ववियुका महासचिव ऐनबहादुर महरले भने, ‘त्यसमा हाम्रो संगठनको कुनै संलग्नता छैन, व्यक्तिगत रिसइवी साँधेर उनी आइजीपी बर्खास्तीको ज्ञापनपत्र बोकेर गृह मन्त्रालय पुगेकी हुन् ।’

‘यस विषयमा संगठनको एक प्रेस विज्ञप्ति सार्वजनिक हुँदैछ, सोही विज्ञप्तिलाई आधार मान्नुहोला’, संगठनका महासचिव महरले भने । अहिलेको अवस्थामा आईजीपीलाई बर्खास्ती गर्नु वा हटाउनुको कुनै औचित्य नभएको पनि उनले स्पष्ट पारे ।

आइजीपी बर्खास्तीको ज्ञापनपत्र उनको व्यक्तिगत ‘इगो’ भएको भनाइ महरको छ । त्यसो त पूर्वमाओवादीनिकट अखिल ९क्रान्तिकारी० का नेताहरुले पनि आइजिपीको राजीनामा माग्ने निर्णय संगठनले कहीँकतै नगरेको बताएका छन् ।

काठमाडौं उपत्यकामा हुने गरेका श्रृङ्खलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई पक्राउ गरेको विरोधमा नेकपा काभे्रकी सांसद लामा प्रहरी संगठन नै बर्खास्तीको माग गर्दै गृह मन्त्रालय पुगेकी छिन् ।

रक्तचन्दन तस्करीबाट अपराध पृष्ठभूमि बनाएका सत्यमान पछिल्लो समय बुद्धचित्रको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न थिए । सत्यमानलाई प्रहरीले पहिलोपटक पक्राउ पर्दा सांसद नविना नै महानगरीय प्रहरी परिसर टेकु पुगेर प्रहरीलाई दबाब दिँदै आफू नै जिम्मेवारीमा छुटाएकी थिइन् ।

दोस्रोपटक पक्राउ पर्दा प्रहरीले नछोड्ने अडान लिएपछि हारगुहार गर्न नविना प्रहरी महानिरीक्षक खनाल कहाँ पुगेकी थिइन् । आईजीपी खनालले कानूनी कारवाही हुने बताएपछि उनी प्रहरीको विरोधमा उत्रेको अनेरास्ववियूका नेताहरू बताउँछन् ।

पछि नवीनाले आफू नगई आफ्ना बुबा माणिकलाल तामाङलाई सत्यमानलाई छुटाउन खटाएकी थिइन् । माणिकलालले नै सत्यमानलाई १७ दिनको प्रहरी हिरासतको बसाइपछि जिल्ला अदालतको आदेशमा जिम्मा लिएका थिए ।

  • मिडिया डबली बाट
Loading...