एजेन्सी–फ्रान्सले सहमतिमा १५ बर्षमै ‘सेक्स’ लाई बैधानिकता दिएको छ ।यसको मतलव यो भन्दा कम उमेरको ‘सेक्स’ लाई चाहिँ बलात्कार मानिनेछ ।फ्रान्सको लैंगिक बराबरी सुनिश्चत गर्ने मन्त्रालयका मन्त्री मार्लिन शियपाले यस फैसलालाई स्वागत गरेकी छिन् ।

फ्रान्समा हालको कानुन अनुसार १५ बर्षभन्दा कम उमेरका ‘सेक्स’ जर्बजस्ती बनाइन्छ र प्रहरीले मुद्दा दर्ता गर्नुअगाडि यसलाई बलात्कार मान्छ ।हालै ११ बर्षकी केटीसँग ‘सेक्स’ सम्बन्धले निकै ठूलो बहस पैदा गर्यो । त्यसपछि यो कानुनमा हेरफेर गरियो ।

विद्यमान कानुन अनुसार यदि हिंसा वा जबर्दस्तीको कुनै प्रमाण मिलेन भने अपराधीमाथि न कुनै यौन उत्पीडनको आरोप लाग्छ, न त बलात्कारको नै । यस्तोमा पाँच बर्षको सजाय र ६६ हजार पाउन्ड जरिवाना हुने प्रावधान छ ।

बालिग र नाबालिकसँग यौन उत्पीडनको विषयमा एक जस्तै सजायको प्रावधान छ । तर, बलात्कारको आरोप प्रमाणित भए कडा सजायको व्यवस्था छ ।

यौनका लागि सहमति दिने उमेर १३ अथवा १५ वर्ष बनाइयोस भन्ने कुराप्रति पनि बहस भयो । बच्चाको अधिकारका लागि काम गर्ने समूहले यसको माग गरिरहेका थिए । मार्लिन सियपाले एएफपीसँग भने ‘मलाई यो कुराबाट खुसी छु, सरकारले धेरै उमेरको विकल्पलाई छनोट गरेको छ र राष्ट्रपति मेक्रोले पनि यो प्रस्तावको समर्थन गर्नुभएको छ।’

स्वास्थ्य मन्त्री एग्नेस बुजयानका अनुसार यौनका लागि सहमती दिनका लागि न्यूनतम उमेर निर्धारण गर्ने फैसलाबाट सामूहिक जागरुकता बढ्नेछ र जोसुकैले कानुनी र गैरकानुनी कार्य के हो भन्नेबारे बुझ्नेछन् ।

फ्रान्समा केही मुद्दा

पछिल्लो बर्षको नोभेम्वरमा ३० बर्षका एक व्यक्तिलाई बलात्कारको आरोपबाट रिहा गरिएको थियो ।अदालतले भनेको थियो, अभियुक्तले ११ बर्षकी पीडितसँग कुनै जर्बजस्ती या हिंसा गरेका थिएनन् ।

अर्को एक मुुद्दामा अदालतले भनेको थियो, २८ बर्षका अभियुक्तमाथि न त यौन हिंसाको मुद्दा चल्छ ।यस विषयमा अदालतले पीडितसँग सेक्सका लागि कुनै जर्बजस्ती गरिएको थिएन ।पछि अदालतले मुद्दा उल्टायो र यसलाई बलात्कार बन्यो र मुद्दा चल्ने बतायो ।

यूरोपमा सेक्स सहमतिका लागि तोकिएको उमेर छ

१४ बर्ष–जर्मनी, हंगरी, इटली र पोर्तुगल
१५ बर्ष –ग्रीस, पोल्यान्ड, स्वीवेन
१६ बर्ष–बेल्जियम, नेदरल्यान्ड, स्पेन र रुस, ब्रिटेन
१७ बर्ष–साइप्रस