सिओल । चीनको छिमेकी देश उत्तर कोरियामा एक कोरोना सङ्क्रमित व्यक्तिलाई गोली हानी मारिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन्। सर्वोच्च नेता किम जोङ उनको आदेशमा ती व्यक्तिको हत्या गरिएको दाबी गरिएको छ।

क्वारेन्टाइनमा रहेका एक अधिकारीले सार्वजनिक स्थानमा नुहाउन जाँदा मृत्युदण्ड दिइएको बताइएको छ। दक्षिण कोरियाली अखबर डोङग ए इल्बोले जनाए अनुसार मारिनेमा एक व्यापारी रहेका छन्। उनी केही समय अगाडि चीन भ्रमणबाट आएका थिए। चीन गएर आएकालाई छुट्टै स्थानमा राखिने गरिएको छ।

चिकित्सकको निगरानीमा रहेका ती व्यापारी सार्वजनिक स्नानगृहमा नुहाउन गएका थिए। कोरोना भाइरसको जोखिम बढ्ने भन्दै उनलाई गिरफ्तार गरी तुरुन्तै गोली हानेको दाबी गरिएको छ। उक्त घटनाबारे उत्तर कोरियाले भने आधिकारिक रुपमा पुस्टि गरेको छैन्। सिमानाका जोडिएको छिमेकी देश चीनमा १३ सय भन्दा बढिको ज्यान र ६० हजार मानिस थला पारेको उक्त भाइरसको संक्रमणपछि उत्तर कोरियाले उच्च सर्तकता अपनाएको छ।

समाचारमा जनाइए अनुसार चीन भ्रमण गरेको कुरा लुकाएपछि एक अर्का अधिकारीलाई पनि स्थानीय कृषि फार्ममा निर्वासनमा राखिएको छ। भाइरसको त्रासपछि उत्तरले चीनसँगको आफ्नो सीमा बन्द गरेको छ र सबै विदेशी पर्यटकलाई प्रवेश निषेध गरेको छ। सूचनाको पहुँच कम भएकाले उत्तरमा हालसम्म कति कोरोनाभाइरसबाट संक्रमति भए भन्नेबारे यकिन तथ्यांक छैन।

उत्तरले आधिकारिक रुपमा कुनै संक्रमित नभएको जनाएको छ। तर,दक्षिण कोरियाली एक समाचार साइटले उत्तर कोरियामा कोरोना भाइरसबाट ५ जनाको ज्यान गइसकेको दाबी गरेको छ। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय नाका बन्द गर्नुका साथै राजधानी प्योङयाङ प्रवेश गर्ने र देश बाहिर यात्रा गरेका सबैको परीक्षण आदेश दिएको छ।

Loading...