काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट सरकार सबै क्षेत्रमा असफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कम्युनिस्ट सरकार जनआकांक्षा अनुसार जान नसकेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बोलेर मात्रै समय बिताएको उनले बताए । ‘प्रधानमन्त्रीको पद भाषण गर्ने नभएर काम गर्ने हो’, कांग्रेसका नेता पाण्डेले भने, ‘बालुवाटारमा पत्रकार र कार्यकतालाई बोलाएर भाषण सुनाउनेभन्दा प्रधानमन्त्री एक्सानमा गएर मेडिकल, ठेकेदार कालो बजारी गर्नेलाई कारवाही गर्नुपर्छ ।’

‘सरकर गठन भएको २१ महनिा भयो । यो अवधिमा प्रधानमन्त्री पूर्णरुपले असफल हुनुभएको छ’, उनले भने, ‘संघीयता कार्यन्वयनमा असफल हुनुभयो । संविधानको भावना अनुसर अधिकार प्रत्यायोजन भएन ।’

उनले अहिले आएका प्रायः विधेयकहरू विवादित रहेको बताए । संविधान विपरित कानून बनाएर विधेयकमार्फत कस्न खोजिएको कांग्रेस नेता पाण्डेले बताएका छन् । पाण्डेले अर्थतन्त्र धरासायी हुँदै गएकाले सरकारले आन्तरिक रुपले कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...