सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनुपर्नेमा अग्रेजीमा राखिएको थियो । देउवा सरकारले कार्यान्वयनमा ल्याएको उक्त नम्बर प्लेटको चौतर्फी बिरोध हुँदै आएको थियो ।

Advertisement

इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

अदालतले नेपाली नम्बर राख्न नसकिने के कारण छ भन्दै ७ दिन लिखित जवाफसहित आउन भनेको छ । यातायात व्यवस्था विभागले भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो ।

Loading...
SHARE