पोखरा । मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले सपथ ग्रहण नगराए अन्तराष्ट्रिय अदालत जाने धम्की दिएपछि अन्तत पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेको थियो।

समितिको बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सपथ गराउन नसकिने बताए थिए। त्यसको भोलिपल्टै मनाङेले सभामुखलाई भेटेका थिए। भेटपछि सभामुखले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए।;

सभामुखले पछिमात्रै निर्णय हुन्छ भने लगत्तै मनाङेले भनेका थिए की ,‘ यदि सपथ लिन नपाए म त अन्तर्राष्ट्रिय अदालत जान्छु। नेपालको अदालतमा किन जाने ? नेपालको अदालतमा के छ ? त्यहा पेसी चढेको पनि थाहा नहुने, काटेको पनि थाहा नहुने? त्यस्तो पनि हुन्छ? अनि म के का लागि सर्वोच्च अदालत जाने? सपथ गराउनुस्। त्यसपछि कसलाई चित्त बुझ्दैन उही जान्छ अदालत। म फौजदारी संहिताको १९४ दफाको सुविधाबाट निस्किएको मान्छे हुँ। यो सुविधा त्यसले पाउँछ, जसले मान्छेले कैद काटिसकेको हुन्छ। बाहिर बसेर पनि मुद्दा लड्न पाउँछ। मेरो मुद्दा रि ओपन भयो। अब सर्वोच्चले हेर्छ, पुनरावेदन गर्नुपर्दैन।’

सपथ गराउन नसके लिखित दिनुपर्ने उनको माग थियो। उनले त्यति खेर भनेका थिए, ‘लिखित रुपमा दिएपछि अख्तियारमा जाँदा जो विरोधी छ, उ जेलमा जान्छ र मेरो पद आफैलाई फिर्ता भैहाल्छ।’ स्राेतका अनुसार मनाङेकाे यस्ताे धम्कीपूर्ण अभियक्तिले सभामुख अधिकारी गलेपछि सथप गराउने निर्णयमा उनी पुगेकाे हुन्।

राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन्। निर्वाचन जिते पनि उनले सांसदको हैसियत पाएका थिएनन्।  नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर मुद्धा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका थिए।

Loading...