KP Oli ANd Prachand

काठमाडौं, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विहान राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेर नयाँ सरकार गठनको बाटो खोलिदिएपछि भावी प्रधानमन्त्री ओलीले वाम गठबन्धनको एक घटक माओवादी अध्यक्ष प्रचण्डसँग अब कसरी अगाडि भन्ने विषयमा छलफल गर्न लागेका हुन् ।

Advertisement

आज अपराह्न हुने भेटको स्थान भने तोकिएको छैन् । ओलीनिवास बालकोटमा भेट हुनसक्ने सम्भावना रहेको बताइएको छ । भेटमा पार्टी एकता, नयाँ सरकार गठन र मन्त्रालय बाँडफाँड, प्रदेशसभा प्रमुखको नियुक्ति लगायतका विषयमा छलफल हुनेछ ।

दुई नेताबीच पछिल्लो राजनीतिक अवस्था र वाम गठबन्धनको भावी रणनीतिबारे छलफल हुने माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिए । ‘उहाँहरुको भेटपछि एकता संयोजन समितिको बैठक बस्ने नबस्ने भन्ने टुंगो लाग्छ,’ उनले भने ।

विहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गरेका प्रचण्डले हिजो साँझ नै ओलीसँग भेट गर्न चाँहेका थिए । तर, ओली अस्वस्थ हुँदा भेट हुन सकेन् । र, आजका लागि तय गरिएको छ ।

Loading...
SHARE