प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाईको निर्णय बुधबारसम्मका लागि फेरि सरिएकाे छ। स्राेतका अनुसार उपेन्द्र यादवकाे ग्य्रान्ड डिजाइनमा संसदीय सुनुवाई विशेष समितिले जाेशीकाे निर्णय लम्बाएकाे हाे।

उपेन्द्र यादवकाे निकट स्राेतले दिएकाे जानकारी अनुसार उपेन्द्र यादव प्रम केपी अाेलीलार्इ भेटेर प्रधानन्यायाधीशमा जाेशीकाे नाम अनुमाेदन नगर्नलार्इ अाग्रह गरेपछि सुनवार्इकाे निर्णय राेकिएकाे हाे। यादवले जाेशी पहाडी मुलकाे भएकाेले उनकाे नाम अनुमाेदन नगर्न प्रत्यक्ष रुपमा नै प्रम अाेलीलार्इ भेटेर अाग्रहसहित दवावसमेत दिएकाे स्राेतकाे भनार्इ छ।

संसदीय सुनवार्इ समितिमा अावद्ध दल नेकपा र फाेरमकाे दुर्इ तिहाइ बहुमत भएकाेले उनीहरुकाे निर्णय नै अन्तिम निर्णय हुनेछ। स्राेतका अनुसार यादवले प्रधानन्यायाधीशमा कपिलबस्तु निवासी वरिष्ठ न्यायाधीश अाेम प्रकाश मिश्रकाे नाम प्रम अाेली समक्ष प्रस्ताव गरेका छन्। जाेशी पछिकाे वरिष्ठतम न्यायाधीश मिश्र नै रहेका छन्।

जोशीको प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत जाेशीले पेश गर्न नसकेपछि उनकाे नाम अनुमाेदन नहुने निश्चित नै भएकाे छ।

समितिका सत्ता पक्ष र विपक्षी सांसदहरुको राय बाझिएपछि बैठक सारिएको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले सहमतिमै सर्वसम्मतिले निर्णय गर्नका लागि बैठक सारिएको जानकारी दिएका छन्। बैठक बुधबार दिउँसो साढे ३ बजे बस्ने सभापति कर्णले बताए। संसदीय सुनुवाई विशेष समितिले सुनुवाई प्रक्रियालाई लम्ब्याएपछि तनावमा रहेका प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशी सोमबार पनि सर्वोच्च अदालतमा उपस्थित भएका छैनन्।

सोमबारका लागि १० वटा इजलास तोकिएकोमा कुनैमा पनि पनि कायम मुकायम प्रधान न्यायाधीश जोशी बसेका छैनन्। जोशी पछिल्लो पटक गएको हप्ताको बुधबार इजलासमा बसेका थिए। बिहीबार सुनुवाइ समितिमा उपस्थित जोशी शुक्रबार अदालत गएनन्। आइतबार पनि जोशी अदालतमा उपस्थित भएनन्।